योग समिति नेपालद्वारा खजुरामा ४७औं योग केन्द्रको भव्य उद्घाटन

खजुरा, असार १९, २०८२ (जुलाई ३, २०२५) /नेपालगञ्जस्थित योग समिति नेपालले खजुरा गाउँपालिका वडा नं. ३ स्थित जनता माध्यमिक विद्यालयमा आज आफ्नो ४७औं योग केन्द्रको भव्य उद्घाटन गरेको छ। खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लको प्रमुख अातिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा केन्द्रीय समितिका उपाध्यक्ष लोकमाया सुबेदी, सचिव चिरञ्जीवी ज्ञवाली लगायत ३१औं देखि ४६औं सम्मका विभिन्न योग केन्द्रका प्रतिनिधिहरू, स्थानीय नागरिक तथा सैयौं योगीमन उपस्थित रहे।

कार्यक्रममा उपाध्यक्ष मल्लले योग समितिसंगै गाउँपालिकाका नागरिकलाई स्वस्थ बनाउने अभियान अगाडि बढाउने प्रतिबद्धता जाहेर गरिन। भने योग गुरु आयुर्वेदाचार्य गिरिराजले “शरीर, मन र समाजको सन्तुलन नै साँचो स्वास्थ्य हो” भन्दै दैनिक योग अभ्यासको आह्वान गरे। यसैगरी, विद्यालय प्रमुख महेन्द्र खत्रीले योग समितिको स्वदेशी चेतना, स्वास्थ्य जागरूकता तथा नेपाली परम्परा संरक्षणमा गरेको योगदानमा गर्व व्यक्त गरे। भने कार्यक्रममा योगी कलाकारहरूले सांस्कृतिक प्रतिभा प्रदर्शन गरेका थिए।

४७आैं याेग केन्द्रले नवगठित व्यवस्थापन समिति पनि गठन गरेको छ। नवगठित समितिमा प्रमुख संयोजक: नहकुल थापा , संयोजक: तेज कुमारी विष्ट, सदस्यहरु बिस्नु पौडेल, सुजता खरेल, कल्पना खड्का लगायत १२ जना रहेका छन्। यसैगरी, सल्लाहकारहरुमम महेन्द्र खत्री, भानुभक्त रिजाल आदि छन्।

योग समिति नेपालका सचिव चिरञ्जीवी ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रमले गुरु गिरिराजको नेतृत्वमा देशभर फैलिँदै गएको योग अभियानमा नयाँ अध्याय थपेको छ। यस नयाँ केन्द्रले बाँके जिल्लामा योगको प्रभाव अझ व्यापक बनाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button