पूर्वप्रम खनाल पाँच दिने भ्रमणका लागि चीन प्रस्थान

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान गर्नुभएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ मा सहभागी हुन खनाल आज त्यसतर्फ प्रस्थान गर्नु भएको हो।

उहाँले बेइजिङको मुख्य कार्यक्रममा सहभागी हुनुअघि हेनान प्रान्तको तीन दिने भ्रमण गर्नुहुनेछ। पूर्व प्रधानमन्त्री खनालले सिपिसी हेनान प्रान्तीय कमिटीद्वारा आयोजित एक विशेष अन्तरक्रियामा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नु हुनेछ।

हेनानको कार्यक्रम सकेर नेता खनाल यही असार २५ गते चीनको राजधानी बेइजिङ पुग्नुहुनेछ। बेइजिङमा उहाँले जुलाई १० मा दुईवटा महत्वपूर्ण सत्रलाई र ‘मन्त्रिस्तरीय विश्व सभ्यता संवाद’ को पूर्ण सत्रको तेस्रो खण्ड, ‘मानवताका साझा मूल्यहरूको संयुक्त प्रवद्र्धन’ लाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुनेछ। सोही दिन उहाँले ‘सभ्यताहरूको आदानप्रदान, पारस्परिक सिकाइ र प्राज्ञिक संवाद’ शीर्षकको छैटौँ उप–मञ्चको उद्घाटन समारोहमा पनि प्रमुख वक्ताका रूपमा मन्तव्य राख्नु हुनेछ।

बेइजिङ बसाइका क्रममा नेता खनालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत अन्य शीर्ष नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै, सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकबाट आएका पूर्व प्रधानमन्त्री, मन्त्री, विज्ञ तथा प्रतिनिधिहरूसँग पनि साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ। नेता खनाल पाँच दिवसीय भ्रमण सम्पन्न गरी यही असार २७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button