हामीभित्र नेपाल हुनुपर्छ अनि हामी नेपाली हुन्छौँ: राजा ज्ञानेन्द्र शाह

राजा ज्ञानेन्द्र शाहले नेपालमा जन्मेर मात्र नेपाली हुन नसक्ने बताउनु भएको छ। सोमबार आफ्नो जन्मदिनको अवसरमा निर्मल निवासमा जम्मा भएका पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘हामीभित्र नेपाल हुनुपर्छ अनि हामी नेपाली हुन्छौँ।’
पूर्वराजा शाहले यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताउनु भएको छ। उहाँले अहिलेको समय वर्षाको समय भएकाले यो बेला बाढी, पहिरो डुबानजस्ता समस्या हुनेमा सचेत हुनुपर्छ। ‘यो बेला पानीजन्य बिमारीहरू पनि हुन्छ त्यसैले सबै दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र विचार गरेर बस्नु मेरो आग्रह छ।’ उहाँले आफ्नो जन्मदिनमा शुभकामना दिन आउनेलाई पनि धन्यवाद दिनु भएको छ।
अाज राजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसरमा विभिन्न सँघसँगठन, स्वतन्त्र बुद्धिजीवी, आफुलाई राजावादी र देशभक्त बताउनेहरु निर्मल निवास बाहिर जम्मा भएर लाईनमा लागि निर्मल निवासभित्र गएर जन्मदिनको शुभकामना ब्यक्त गरिरहेका छन्। यो क्रम आज दिउँसोसम्म जारी रहनेछ। राजा समर्थकहरुका कारणबाट त्यसक्षेत्रमा सवारी अावागमनमा सामान्य असुविधा भएको छ।





