वरिष्ठ पत्रकार किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलमा उपाध्यक्ष

प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन हुनुभएको छ।

अफ्रिकी मुलुक ताञ्जानियामा अस्तिदेखि जारी काउन्सिलको शिखर सम्मेलनबाट उहाँ उपाध्यक्ष निर्वाचित हुनुभएको हो। श्रेष्ठ विश्व प्रेस काउन्सिलको निवर्तमान महासचिवसमेत हुनुहुन्छ।

काउन्सिलको आगामी ३ वर्षका लागि सर्वसम्मतीबाट नयाँ  नेतृत्व चयन भएको हो। यधपी चुनावका सम्पूर्ण प्रक्रिया पूरा गरिएको थियो।

नेपाल (श्रेष्ठ) को प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकहरुमा जिम्बाब्वेका लफ्टी दुबे,म्यान्मारका डा.तिन तुन ओ,कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा थिए।

काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) र अर्का उपाध्यक्ष अली हान्सेर्ली (साइप्रस) निर्वाचित हुनुभएको छ। त्यस्तै,तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिवको जिम्मेवारीमा आउँदा टर्कीका तामेर अताबारुत कोषाध्यक्ष हुनुभयो।

अन्तर्राष्ट्रिय सम्पर्क संयोजकमा भारतका सिके नायक र तान्जानियाका जियादा किलोबो छानिनुभएको छ।
सोमबारदेखि तान्जानियाको आरुसामा भइरहेको काउन्सिलको विश्व सम्मेलन पर्सि समापन हुँदैछ। सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिको सहभागिता छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button