गाजामा मानवीय विपत्ति कम गर्न चीनको आग्रह

संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि फु छोङले जुलाई १६ मा गाजाको मानवीय अवस्थाबारे सुरक्षा परिषद्को आपतकालीन खुला बैठकमा सम्बोधन गर्दै मानवीय विपत्तिलाई कम गर्न कडा कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ।

फु छोङले गाजाको द्वन्द्व २१ महिनादेखि जारी रहेको र मानवीय अवस्था निकै जीर्ण अवस्थामा पुगेको बताउनुभयो। चीनले हतियारीकरणको कडा विरोध गर्नुका साथै गाजामाथिको नाकाबन्दी र घेराबन्दी तत्काल हटाउन र मानवीय आपूर्तिमा पहुँच पूर्ण रूपमा पुनर्स्थापित गर्न इजरायललाई आग्रह गरेको पनि फुले जनाउनुभयो।

प्राप्त समाचारअनुसार, इजरायलले हालै गाजाको दक्षिणमा तथाकथित ‘मानवीय शहर’ स्थापना गर्ने विषयमा छलफल गरेको सम्बन्धप्रति चीनले गम्भीरतापूर्वक ध्यान दिएको पनि फुले बताउनुभयो। प्यालेस्टाइनी जनतालाई जबर्जस्ती स्थानान्तरण गर्ने कुनै पनि प्रयास अन्तर्राष्ट्रिय कानून र सुरक्षा परिषद्का निर्णय-प्रस्तावहरूको गम्भीर उल्लङ्घन भएकोले यसलाई अन्तर्राष्ट्रिय समुदायले दृढतापूर्वक अस्वीकार गर्नुपर्ने अडान पनि फुले राख्नुभयो।

गाजामा तुरून्तै स्थायी युद्धविराम गर्नु नै प्राण बचाउने र मानवीय विपत्तिलाई कम पार्ने प्रमुख पूर्वशर्त हो भन्दै फुले ‘दुई देश समाधान प्रस्तावको कार्यान्वयन नै प्यालेस्टाइनी मुद्दाबाट बाहिर निस्कने एक मात्र सम्भव उपाय भएकोमा पनि जोड दिनुभयो।
CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button