चीनको विशेष मौद्रिक विकास बाटो

चीनको एउटा नामी थिङ्कट्याङ्कले हालै एउटा प्रतिवेदन सार्वजनिक गर्दै वर्तमान चीनको विशेष मौद्रिक बाटो ४० वर्ष अगाडि सी चिनफिङले शुरु गरेको मौद्रिक खोज र अभ्याससँग घनिष्ठ सम्बन्धित भएको जनाएको छ। पश्चिमा मौद्रिक विकास वास्तवमा उच्च क्लासको धन कमाउने मेशिन भएको र चीनको विशेष मौद्रिक विकासको सारतत्व जनतालाई हित कल्याण पुर्याउने हो। सन् १९८५ देखि २००२ सम्म सी चिनफिङले चीनको फुच्यान प्रान्तमा काम गर्दा यस्तो मौद्रिक विकासको विचार उत्पन्न भएको थियो।
सी चिनफिङले पहिले फुच्यानको निङद क्षेत्रमा सचिवको पदमा रहँदा बिरुवा रोपेर बीस तीस वर्षपछि जंगल बन्ने भन्दै बिरुवा रोप्ने मानिसले जीवन कसरी बिताउने भन्ने बारेमा उहाँले ध्यान दिनुभएको थियो। जङ्गल स्रोतलाई कर्जाको बन्धकको रुपमा लिने उपाय उहाँले प्रस्तुत गरेर बिरुवा रोप्ने मानिसको जीवनलाई सुधार पार्नुभएको छ। उहाँले जङ्गललाई मौद्रिक सम्पदा बनाउनुभएको छ।
सन् २०२३ मा सी चिनफिङले पहिलो चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको मौद्रिक कार्य सम्मेलनको अध्यक्षता गर्नुभएको थियो। उहाँले मौद्रिक विकासद्वारा प्रविधि,हरित,साझा हित कल्याण,वृद्धि कार्य र डिजिटल गरी यी ५ क्षेत्रको विकासलाई सेवा दिने प्रस्ताव प्रस्तुत गर्नुभएर चिनियाँ विशेषतायुक्त मौद्रिक विकास बाटोको दिशालाई औँल्याउनुभएको छ।
CGTN





