भौतिक मन्त्रीसँग चिनियाँ राजदूतको भेट : दसैँअघि नै सीमा पुल निर्माण हुने अपेक्षा

नेपालका लागि चीनका राजदूत छन सुङले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी-रसुवागढी सडक तथा सीमा पुल निर्माण लगायतका विषयमा छलफल भएको हो।
भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ। सीमा पुल भएको स्थान जतिसक्दो छिटो अस्थाई पुल बनाउन चिनियाँ पक्षबाट प्रतिबद्धता आएको छ।
यसैगरी चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजनाहरू टोखा–छहरे सुरुङ्मार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडक लगायतका विषयमा पनि छलफल भएको थियो। छलफलमा राजदूत छनले काठमाडौं–चक्रपथ दोश्रो खण्ड विस्ताको काम छिटै सुरु हुने बताउनुभयो।
भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभयो। आगामी दिनमा नेपाल र चीनबिच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वास समेत व्यक्त गर्नुभयो।
छलफलमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढी क्षतिग्रस्त बनाएको सीमा पुल रहेको स्थानमा दसैँअघि नै पुल निर्माण हुने अपेक्षा राखिएको छ। मन्त्री दाहाल, मन्त्रालय एवं सडक विभागका अधिकारीहरूको बिच फलदायी छलफल भएको सचिव शर्माले जानकारी दिनुभयो।
बाढीले नेपाल-चीनको मुख्य नाका रसुवागढीबाट आवातजावतमा कठिनाइ भएपछि मन्त्री दाहालले त्यस खण्डलाई सुचारु गर्ने विषयमा चासो राख्नुभएको छ। छलफलमा सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसी लगायत मन्त्रालय तथा सडक विभागका अधिकारीहरू सहभागी रहेको नागरिकन्यूज डटकमले जनाएको छ।
CGTN
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button