मेरो पक्षमा बोल्ने कार्यकर्ताहरूलाई आतङ्कित पार्ने काम भयो, त्यो बन्द होस्ः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अब आफू सक्रिय राजनीतिबाट पछि नहट्ने बताएकी छन् । मंगलबार आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने बताएकी हुन् ।

उनले अहिले आफ्नो पक्षमा बोल्ने कार्यकर्ताहरूलाई आतङ्कित पार्ने काम भइरहेको भन्दै आपत्ति जनाइन् । उनले भनेकी छन्, ‘म सक्रिय राजनीतिमा आइसकेको छु । अब पछि हट्ने कुरा हुँदैन छैन ।’

उनले आफ्नो सदस्यता नवीकरण भइसकेको भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा कुरा भएको बताइन् । तर एमाले जारी केन्द्रीय कमिटी बैठकले भण्डारीलाई राजनीतिमा आउन नदिने तयारी गरेको छ ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको विषयमा केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण निर्णय लिने सम्भावना रहेको बताएका छन् । उनले आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दा केही निर्णय लिने अपेक्षा गरेको बताएका छन् ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button