४५ वर्ष पुग्यो पार्टी सदस्यता लिएको, कसैले फाल्न सक्दैनः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरेर पार्टीमा गरिएका अपरिपक्व निर्णयले दुःखी तुल्याएको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भण्डारीले पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजरअन्दाजगरी राजनीतिमा संलग्न हुन पाउने स्वतन्त्रलाई नियन्त्रण गरिएको भन्दै यस्तो निर्णयले निरास बनाएको बताएकी हुन् ।

उनले भनिन्,‘पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजरअन्दाजगरी राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रलाई संकुचन वा नियन्त्रण हुनेगरी गरिएका अपरिपक्क निर्णयले मलाई दुःखी तुल्याएको छ । यसप्रकारको निर्णयले पार्टीको सान र प्रतिष्ठालाई गिराउने छ ।’

पूर्वराष्ट्रपति भण्डारीले आफूले राष्ट्रपति हुँदा नै पार्टी सदस्यता लिएको ३४ वर्ष भइसकेको उल्लेख गर्दै अहिले ४५ वर्ष पुगेको उल्लेख गरिन् । उनले भनिन्, ‘ म अहिले पनि एमालेकै परिवारमा आवद्ध छु । कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन । मैले अघिल्लै वर्ष सदस्यता नवीकरण गरेकी छु । यो घाम जत्तिकै छर्लंग भएको कुरा हो। मलाई पार्टी सदस्य हुनबाट बन्चित गर्नुपर्ने कुनै कारण छैन। ऐन कानुन र पार्टीको मूल्यान्यता, मेरो स्वतन्त्रता नियन्त्रण हुने गरी गरिएको निर्णयले मलाई दुःखित तुल्याएको छ। यसले पार्टीको शाख गिराउनेछ। सत्यलाई अस्थायी रुपमा छेक्न सके पनि सत्यलाई लुकाउन सकिँदैन। जनवादको मूल्यमान्यता पनि यही हो।’

उनले आफू पदको लालसा नभएर पार्टी र देशका लागि केही गर्ने हुटहुटीले पार्टी राजनीतिमा फर्किएको बताइन् ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button