आगामी ५० वर्षमा चीन र युरोपेली संघबीच पारस्परिक हित र साझा विजयी

चालु वर्ष चीन र युरोपेली संघको दौत्य सम्बन्धको स्थापनाको ५० वार्षिकोत्सव र संयुक्त राष्ट्र संघको स्थापनाको ८० वार्षिकोत्सव हो। चीन र युरोपेली संघको सम्बन्ध एक महत्वपूर्ण ऐतिहासिक स्तरमा पुगेको छ।

जुलाई २४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा २५औं चीन-युरोपेली संघका नेताहरूको भेटवार्तामा सहभागी हुन चीन आउनुभएका युरोपेली परिषद्का अध्यक्ष एन्टोनिओ कोस्टा र युरोपेली आयोगका अध्यक्ष युर्सुला भोन देर्लेनसँग भेट-वार्ता गर्नुभयो। सी चिनफिङले चीन र युरोपेली संघको सम्बन्धको भावी विकासबारे तीन सूत्रीय अडान प्रस्तुत गर्नुभयो। युरोपेली संघका नेताहरूले राष्ट्राध्यक्ष सीको तीन सूत्रीय अडान निकै महत्वपूर्ण भएको भन्दै चीनलाई अझै ठूलो विकास प्राप्त गर्न विश्वास गरेको र समर्थन दिएको, युरोपेली संघ र चीनले विश्वव्यापी चुनौतीको संयुक्त रुपमा सामना गर्नुपर्ने कुरा बताएका छन्।

चीन र युरोपेली संघको सहकार्यको सफल “पासवर्ड” के हो? राष्ट्राध्यक्ष सी चिनफिङले पारस्परिक सम्मान, भिन्नताको सम्मान गर्दै साझा आधारको खोजी, खुलापन तथा सहकार्य, पारस्परिक हित र साझा विजयी भन्ने महत्वपूर्ण अनुभव प्रस्तुत गर्नुभयो।

५० वर्ष बितिसक्यो। चीन र युरोपेली संघको सम्बन्ध नयाँ आरम्भ बिन्दुमा उभिएको छ। अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन भएता पनि सहकार्य चीन र युरोपेली संघको सम्बन्धको मुख्य दिशा हो।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button