बाङ्ग्लादेश दुर्घटना : विद्यालयमा लडाकु जहाज बज्रिएपछि जे भयो

“आकाशमा एकैचोटि तीस चालीसवटा चट्याङ परेजस्तो आवाज आयो,” अठार वर्षीय अह्नाफ बीन हसनले भने। उनी विद्यार्थी हुन् र दुर्घटनाको दुई दिनपछि त्यसबारे बताइरहँदा समेत उनको स्वर काँपिरहेको थियो।

“मैले आजसम्म कहिल्यै आकाशबाट त्यस्तो आवाज आएको सुनेको थिइनँ। निमेषभरमै लडाकु जहाज मेरो टाउको माथिबाट गयो र विद्यालयको भवनमा बज्रिन पुग्यो।”

बाङ्ग्लादेश ‘एअर फोर्स’को एफ–७ जहाज सोमबार ढाकास्थित ‘माइलस्टोन स्कूल तथा कलेज’को भवनमा ठोक्किएको थियो र उक्त दुर्घटना बाङ्ग्लादेशमा भएको दशककै ठूलो हवाई दुर्घटना थियो।

उक्त दुर्घटनामा कम्तीमा ३१ जना मारिए। त्यसमा धेरैजसो १२ वर्षमुनिका स्कुले बालबालिका परे जसमध्ये कोही गाडी कुरिरहेका, अतिरिक्त कक्षातर्फ लम्किरहेका अथवा हतारहतार नास्ता खाइरहेकाहरू थिए।

अह्नाफ त्यतिखेर विद्यालयको फराकिलो प्राङ्गणमा रहेको खेलमैदानस्थित एउटा छानाको मुन्तिर साथीसँग गफ्फिरहेका थिए। उनका अनुसार जहाज ठोक्किँदा उनी केवल ३० फीटको दूरीमा थिए।

BBC

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button