गाजा क्षेत्रमा भोकमरीका कारण १३३ जनाको कुपोषणबाट मृत्यु

प्यालेष्टाइन गाजा क्षेत्रको स्वास्थ्य विभागले २७ तारिख सार्वजनिक गरेको तथ्यांकअनुसार,गाजा क्षेत्रमा १३३ जनाको कुपोषणबाट मृत्यु भएको छ र भोकमरी गाजाका विभिन्न क्षेत्रमा व्याप्त छ। सोहि दिन विश्व स्वास्थ्य संगठनले एउटा वक्तव्य प्रकाशित गर्दै जुलाईमा गाजामा कुपोषणबाट मृत्यु हुनेको संख्या वृद्धि भएको छ र गाजा क्षेत्रमा गम्भीर कुपोषणको संकट देखिएको छ। यसै बीच इजरेलले एउटा वक्तव्य प्रकाशित गर्दै गाजा क्षेत्रमा भोकमरीको समस्या नभएको जनाएको छ।

यसका साथै गाजा क्षेत्रमा मानवीय राहत सामाग्री लिने क्रममा मृत्यु र घाइते हुने सर्वसाधारणको संख्यामा पनि निरन्तर वृद्धि भएको छ। मानवीय राहत सामाग्री लिने क्रममा एकै दिनमा ११ जनाको मृत्यु हुनुका साथै ३६ जना घाइते भएका छन्। यस वर्षको मेइ २७ तारिखयता अमेरिका र इजरेलले समर्थन गरेको तथाकथित ‘गाजा मानवीय कोष’ ले गाजामा राहत सामाग्री वितरण गरेयता १,१३२ जना गाजा सर्वसाधारणको मालसामान लिने क्रममा मृत्यु भएको छ भने ७,५२१ जना घाइते भएका छन्।

विश्व स्वास्थ्य संगठनले २७ तारिख सार्वजनिक गरेको तथ्यांक अनुसार गाजा क्षेत्रमा ५ वर्ष मुनिका बालबालिकामा कुपोषण दर २० प्रतिशत पुगेको छ, र जुन महिनादेखि यो संख्या ३ गुणाले वृद्धि भएको छ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button