चीनमा भएको शाङ्हाई सहयोगमञ्च, मिडिया र ‘थिङ्क ट्याङ’ शिखर सम्मेलनमा सहभागी भएर उपसभामुख राना स्वदेश फिर्ता

उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो राति स्वदेश फर्किनुभएको छ ।
चीनको हनान प्रान्तको चङ्चौमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राति साढे ११ बजे स्वदेश फर्किनुभएको हो । उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म आयोजित शाङ्हाई सहयोग मञ्च, मिडिया र ‘थिङ्क ट्याङ’ शिखर सम्मेलनमा सहभागी हुनुभएको राससले जनाएको छ।
सो कार्यक्रममा उहाँले “विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” विषयमा सम्बोधन गर्नुभयो भने हनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित चङचौ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नुभएको थियो।
उपसभामुख राना नेतृत्वको प्रतिनिधि मण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपानेसमेत सम्मिलित थिए । राना दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन ६ गते त्यस तर्फ प्रस्थान गर्नुभएको थियो ।
CGTN





