गाजामा हरेक दिन खाद्यान्न पारवहनका लागि १ सय ट्रक चाहिने

हाल इजरायलले गाजा क्षेत्रतर्फ सहायता स्वरुप मालसामानको पारवहनका लागि बाह्य जगतलाई छुट दिएको छ। यस विषयबारे चर्चा गर्दै कब्जामा लिइएको प्यालेष्टाइनी भूखण्डका लागि संयुक्त राष्ट्र संघ अन्तर्गत विश्व खाद्य योजना कार्यक्रमका जिम्मेवार व्यक्ति लमेलले स्वागत गर्नुभएको छ। तैपनि गाजा क्षेत्रको कठिन अवस्थाका लागि हालको सहायता परिधि निकै कम रहेकाले त्यहाँ अझ बढी सहायता चाहिने कुरामा पनि उहाँले जोड दिनुभएको छ।
“हरेक दिन त्यहाँ १ सयभन्दा बढी ट्रकले विशेषत: खाद्य पदार्थको पारवहन गर्नुपर्ने हुन्छ । मानवीय सहायता अझ बढी चाहिन्छ।”
CGTN





