थाइल्याण्ड सेनाको आरोप कम्बोडियाले युद्धविराम घोषणाको उल्लङ्घन गरेको, कम्बोडियाका अनुसार परिस्थिति शान्त

जुलाई २९ तारिख, थाइल्याण्डको स्थल सेनाले कम्बोडिया पक्षले युद्धविराम घोषणाको उल्लङ्घन गरेको आरोप लगाएको छ। कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता मालीसुज्येताले २९ तारिख बिहान जानकारी दिनुभयो की सीमाका सबै स्थानमा युद्धविराम भयो र परिस्थिति शान्त बनेको छ।
थाइल्याण्डको सेना पक्षले २९ तारिख दिएको जानकारी अनुसार, थाइल्याण्ड सेनाको दोस्रो सैन्य क्षेत्रले सैन्य मुख्यालयलाई रिपोर्ट गरेको थियो की कम्बोडियाको सेनाले रातिदेखि बिहानसम्म थाइल्याण्डको सीमा क्षेत्रका धेरै स्थानहरूमा आक्रमण गरेका छन्, जसबाट जुलाई २८ तारिख राति २४ बजेदेखि दुई पक्ष बीच लागू भएको युद्धविराम घोषणाको उल्लंघन भएको छ। थाइल्याण्ड पक्षले वास्तविक अवस्था अनुसार प्रतिकार गरेको छ।
थाइल्याण्ड स्थल सेनाका प्रवक्ता वन्ताई सुवारीले यसबारे विज्ञप्ति जारी गर्नुभएको छ।
विज्ञप्ति अनुसार, थाइल्याण्ड पक्षले युद्धविराम घोषणा लागू हुने बित्तिकै थाइल्याण्डको सीमा स्थानहरूमा युद्धविराम लागू गरेको थियो। तर सो घोषणा लागू भएपछि कम्बोडियाले धेरै पटक आक्रमण गरेको छ, जसले युद्धविराम घोषणाको स्पष्ट रूपमा उल्लङ्घन भएको छ। थाइल्याण्ड सेनाले यस कार्यप्रति कडा निन्दा व्यक्त गरेको छ।
थाइल्याण्ड पक्षले वैधानिक आत्मरक्षाको अधिकारमा आवश्यक कदम चालेको छ। विज्ञप्तिमा यो पनि उल्लेख छ कि थाइल्याण्ड सेनाले कुनै पनि आक्रमण गरेको छैन, सबै सैन्य गतिविधि राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्नका लागि गरिएकोमा जोड दिइएको छ।
यसका साथै, २९ तारिख बिहान ७ बजे आयोजना गरिने भनिएको थाइल्याण्ड-कम्बोडिया क्षेत्रीय सैन्य कमाण्डरहरू बीचको अनौपचारिक बैठकका बारेमा वन्ताई सुवारीले थप्नुभयो की “हाल दुवै पक्षका सैन्य नेता बीचको संवाद प्रक्रिया सक्रिय रूपमा अगाडि बढिरहेका छन्। बैठकको समय बिहान १० बजेसम्म चलिरहेको छ, बाँकी विवरण पछि सार्वजनिक गरिने छ।”
त्यसपछि सुवारीले दोस्रो सैन्य क्षेत्रको थाइल्याण्ड-कम्बोडिया सीमा परिस्थिति अझै पनि प्रतिकुल रहेकोले १० बजे आयोजना हुने भनिएको दुई पक्षको उच्चस्तरीय सैन्य संवाद बैठक स्थगित गरिएको छ, नयाँ समय पुष्टि गरिएको छैन, तर दुबै पक्षले वार्तालाई सक्रिया रूपमा अगाडि बढाउन प्रयास गरिरहेका छन्।
कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता मालीसुज्येताले २९ तारिख बिहान पत्रकार सम्मेलनमा व्यक्त गर्नुभयो: “सोहि दिनको १२ बजेदेखि दुवै पक्षले बिना शर्त युद्धविराम गरेका छन्, सीमाका सबै स्थानमा युद्धविराम भयो र परिस्थिति शान्त भयो।”
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले २९ तारिखको बिहान भन्नुभयो की २८ तारिख रातिको त्यो युद्धविराम घोषणा लागू भएदेखि दुई देशका सिमानाको परिस्थिति केही शान्त बनेको छ। हुन मानेटले आफ्नो सामाजिक संजालमा लेख्नुभएको छ: “कम्बोडिया-थाइल्याण्ड दुवै पक्षले मलेसिया विशेष सम्मेलनमा भएको सम्झौता भावना अनुसार, २८ तारिखको राति युद्धविराम लागू भएको छ र अगाडि परिस्थिति शान्त हुँदै छ। यथाशीघ्र युद्ध रोकिँदा प्रभावित मानिसहरू आफ्ना घर फर्कन सक्ने छन् र सामान्य जीवनमा फर्कन सक्ने छन्।”
कम्बोडियाका सिनेट अध्यक्ष होन्सेनले २९ तारिख बिहान, सामाजिक सञ्जालमा लेख्नुभयो : “युद्धविराम र शान्ति सम्झौता सकारात्मक र प्रभावकारी रूपमा लागू भइरहेको छ।”
तर हालसम्म युद्धविराम घोषणाको उल्लंघनको निन्दाप्रति कम्बोडियाले कुनै जवाफ दिएको छैन।
जुलाई २४ तारिखदेखि थाईल्यान्ड र कम्बोडिया बीच सीमा क्षेत्रमा द्वन्द्व भएको हो, केही दिनदेखि लगातार द्वन्द्व भइरहेका छन्। दुबै पक्षले एक अर्कालाई अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोप लगाएका छन्।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री फूमथामले २८ तारिखमा मलेसियाको क्वालालम्पुरमा आयोजित विशेष सम्मेलनमा दुई देशको सीमा परिस्थिति बारे छलफल गर्नुभएको थियो। सम्मेलनपछिको संयुक्त पत्रकार सम्मेलनमा दुबै देशले युद्धविराम गर्न सहमति जनाएका थिए। स्थानीय समय जुलाई २९ तारिख बिहानै, थाइल्याण्डको सेनाले जानकारी दिएको छ कि २८ तारिख २४ बजेदेखि लागू भएको थाइल्याण्ड-कम्बोडिया बिना शर्त युद्धविराम घोषणा औपचारिक रूपमा लागू भएपछि दुई देशको सीमा क्षेत्रहरूमा सम्पूर्ण रूपमा युद्धविराम भएको छ।
CGTN





