ट्रम्प भन्छन्, ‘गाजा साँच्चिकै भोकमरीको मारमा छ’

बीबीसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गाजामा साँच्चिकै भोकमरीको मारमा परेको बताएका छन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले त्यस्तो अवस्था नरहेको दाबी गरेपछि ट्रम्पको अभिव्यक्ति आएको हो।

इजरेलले गाजामा भोकमरीको समस्या बल्झाइरहेको भन्नु “ठूलो झूट” हो भन्ने नेतन्याहूको आरोपसँग के तपाईँ सहमत हुनुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले भनेः “मलाई थाहा छैन… ती बालबालिका साँच्चिकै भोका देखिन्छन्… त्यो वास्तविक भोकमरी हो।”

स्कटल्यान्डमा यूकेका प्रधानमन्त्री सर केअर स्टार्मरसँग एउटा बैठकका क्रममा ट्रम्पले भनेः “कसैले त्यहाँ केही ठूलो कुरा गरेको छैन। सिङ्गो ठाउँ अस्तव्यस्त छ… मैले इजरेललाई शायद उनीहरूले फरक ढङ्गले गर्नुपर्छ भनेँ।”

भोकमरीबाट बचाउन गाजामा “व्यापक मात्रामा” खानेकुरा चाहिएको भनी संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुखले बताएपछि ट्रम्पको टिप्पणी आएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button