प्रधानमन्त्रीद्वारा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन

सुदूरपश्चिम । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गरिएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । रानी जमरा कुलरिया सिंचाइ आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको रानी जमरा र कुलरिया तर्फको १४,३०० हेक्टर क्षेत्रफल सिंचाइ तथा ४.७१ मेगावाट क्षमताको विद्युतगृहको प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।

यो आयोजनाको स्तरोन्नति २०६६/६७ मा सुरु गरिएको थियो । तीन चरणमा स्तरोन्नति थालिएको आयोजनाको पहिलो चरणको काम २०७२/७३ मा सम्पन्न भएको थियो ।

दोस्रो चरण कार्यका लागि विश्व बैंकको सहयोग रहनेगरी २०७५/७६ मा सम्झौता भएकोमा २०८२ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजनाको यो चरणको स्तरोन्नति निर्माण सम्पन्न भई उद्घाटन भएको हो ।

अब यसबाट ३४ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । यसबाट यस क्षेत्रका करिब २३ हजार ६२२ घरधुरीका करिब १ लाख ४२ हजार ३६६ जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने जलस्रोत तथा सिँचाइ विभागले जनाएको छ ।

तेस्रो चरणको स्तरोन्नतिपछि दीर्घकालमा भने कन्द्रा नदीसम्मको थप १५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तारित गर्ने लक्ष्य लिइएको छ । थप २० हजार ३०० हेक्टर क्षेत्रफलमा सिँचाई हुनेगरी आयोजनाको निर्माण कार्य भने २०८५÷८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button