रवि लामिछानेप्रति प्रधानमन्त्रीको आक्रोश : गर्ने बेलामा आँखा नदेख्ने, अनि प्रतिशोध भन्ने ?

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेसँग आफूले प्रतिशोध नसाँधेको बताएका छन् ।

मंगलबार कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रविले आफूले गरेको कर्मको फल भोगेको बताएका हुन् ।

उनले रवि लामिछानेलाई आफूले उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै प्रतिशोध लिनुपर्ने कारण नभएको बताए । उनले रास्वपालाई सरकारलाई प्रतिशोध लियो भनेर जथाभावी नबोल्न चेतावनी दिए । उनले भने, ‘मैले ल्याएको राजनीतिमा, केको प्रतिशोध ? के साँध्नु थियो ?’

उनले गर्ने बेलामा नचाहिने काम गर्ने अनि सरकारलाई दोष दिने भन्दै रविप्रति आक्रोश पोखे । उनले भने, ‘सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन, ठगी गरेपछि अदालतले थुन्छ त, गर्ने बेलामा नचाहिने काम गर्ने, गर्ने बेलामा आँखा नदेख्ने, अनि पछि लौ प्रतिशोध, के को प्रतिशोध ?’

प्रधानमन्त्री ओलीले रास्वपाको हस्ताक्षर अभियानप्रति पनि कटाक्ष गरेका छन् । उनले रास्वपाले तीन करोडभन्दा बढी हस्ताक्षर पुर्याउने हो कि भनेर डर लागेको भन्दै कटाक्ष गरे । उनले भने, ‘म उहाँहरूलाई सचेत गराउन चाहन्छु, हस्ताक्षर क्याम्पेन बढ्दै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला। दुई चार जनालाई सही गरायो, घरमा गएर दनादन!’

प्रधानमन्त्री नयाँ दलहरु तरमार्न आएका भन्दै आक्रोश पोखे । उनले भने,‘अर्काले लडेर, निर्वासनमा बसेर, जेलनेल भोगेर, पिटाइ–यातना, क्षति, बलिदान सहेर ल्याएको हो लोकतन्त्र । तर माराहरू, व्यवस्था विरोधीहरू । स्ट्याटस लेख्न पाए भयो। एकछिन बुरुक्क उफ्रिएर गाली गर्न पाए भयो ।’

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button