नेपाल र चीनबीचमा कूटनीतिक सम्बन्ध स्थापनाको सत्तरीऔँ वार्षिकोत्सव

नेपाल र चीनबीचमा कूटनीतिक सम्बन्ध स्थापनाको सत्तरीऔँ वार्षिकोत्सवका अवसरमा बेइजिङमा एक भव्य कार्यक्रमको आयोजना गरिएको छ। चीनका लागि नेपाली दूताबासले जुलाई ३० तारिख साँझ आयोजना गरेको उक्त कार्यक्रममा तीन सयको हाराहारीमा नेपाली र चिनियाँ पाहुनाको उपस्थिति थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष स्याउ च्ये र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले पानस बालेर गर्नुभयो।
कार्यक्रममा विशेष अतिथि विदेशी राष्ट्रहरूसँग मित्रताका लागि चिनियाँ जनसंघका उपाध्यक्ष लु सियाङ तोङले दुई देशबीचको मैत्री सम्बन्धमाथि प्रकाश पार्नु भएको छ। चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले नेपाल र चीनबीचमा कूटनीतिक सम्बन्ध स्थापना हुनु अगाडि र भएपछिको प्रगतिको समीक्षा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा चीनले गरेको योगदानको प्रशंसा गर्नुभयो।
नेपाल र चीनबीचमा सन् १९५५ अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। चालु वर्ष दुई देशबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ। कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेका अवसरमा चालु वर्षमा नेपाल र चीनले विविध कार्यक्रम आयोजना गरेर यो उत्सव मनाइरहेका छन्।
बुधबार साँझ बेइजिङमा आयोजित कार्यक्रममा नेपाली गीत संगीत पनि प्रस्तुत गरिएको थियो। दुई देशबीचमा कूटनीतिक सम्बन्ध स्थापनाको सत्तरीऔँ वार्षिकोत्सवका बारेमा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले लेख्नु भएको र चिनियाँ भाषामा अनुवाद गरिएको गीतलाई नेपालका सन्देश देउजाले गाउनु भएको थियो। यो गीत प्राध्यापक सिङ युन अर्थात् इन्दिराले चिनियाँ भाषामा अनुवाद गर्नु भएको हो।
उक्त कार्यक्रममा नेपाललाई माया गर्ने चिनियाँ शुभचिन्तक, नेपालमा विभिन्न व्यवसाय गरिरहेका चिनियाँहरूसँगै नेपालका लागि विभिन्न समयमा काम गरेका गरेका चिनियाँ सहित चीनमा बसोबास गरिरहेका नेपालीहरू उपस्थित थिए।
CGTN
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button