वैदेशिक रोजगारीमा दक्ष कामदार घटे

वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या घटेको छ । पछिल्ला चार वर्षको तथ्याङ्कका आधारमा त्यस्ता श्रमिकको सङ्ख्या सुरुको तुलनामा भने बढेको देखिन्छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा २०८१/८२ मा दक्ष भएर जानेको सङ्ख्या भने ११ प्रतिशतले घटेको गोरखापत्र अनलाइनमा खबर छ।

वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा ४६ प्रतिशत दक्ष श्रमिक वैदेशिक रोजगारीमा गएकामा आव २०८०/८१ मा बढेर ७२ प्रतिशत पुगेको थियो । आव २०८१/८२ मा भने वैदेशिक रोजगारीमा गएकामध्ये ६१ प्रतिशत मात्रै श्रमिक दक्ष छन् ।

वैदेशिक रोजागर विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले यो वर्ष पुनः श्रम स्वीकृति लिएर जानेभन्दा नयाँ श्रम स्वीकृति लिएर जाने बढेकाले गत आवको तुलनामा गएको आवमा दक्ष भएर जाने घटेको देखिएको बताउनुभयो । वैदेशिक रोजगारका अनुसन्धानकर्ता रामेश्वर नेपालले पछिल्लो समयमा दक्ष भएर वैदेशिक रोजगारीमा जाने सङ्ख्या बढ्नुलाई राम्रो उपलब्धिका रूपमा लिन सकिने बताउनुभयो । यो सङ्ख्या भारत, फिलिपिन्स, बङ्गलादेशलगायतका अन्य मुलुकका तुलनामा कम भए पनि नेपालका सन्दर्भमा भने सुधारिएको उहाँको भनाइ छ ।

रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु भएपछि नेपालबाट वैदैशिक रोजगारीमा जाने सबै युवा सिपयुक्त प्रमाणपत्रको आधारमा जानुपर्ने थियो । वैदेशिक रोजगार ऐनमा वैदशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गरिएको भएपनि पूर्ण कार्यान्वयनमा जान अहिलेसम्म नसकेको र पछिल्ला वर्षमा सुधार हुनुलाई सकारात्मक रूपमा लिन सकिने नेपालले बताउनुभयो।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button