वाङ यीद्वारा अमेरिका-चीन व्यापार परिषद्को सञ्चालक समितिको प्रतिनिधिमण्डलसँग भेटघाट

जुलाई ३० तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनैतिक व्यूरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले पैचिङमा अमेरिका-चीन व्यापार परिषद्को सञ्चालक समितिको प्रतिनिधिमण्डलसँग भेटघाट गर्नुभएको छ।

उहाँले हाल विश्व एउटा डामाडोल युगमा रहेको र चीन अमेरिका सम्बन्ध अन्तर्राष्ट्रिय अवस्थाबाट प्रभावित भए तापनि चीनको अमेरिकातिरको नीति निरन्तर स्थिर रहेको तथा राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको आपसी सम्मान,सहअस्तित्व र सहयोग गरी साझा विजय पाउने तीन नियम अनुसार चीन-अमेरिका सम्बन्धलाई अघि बढाइरहेको बताउनुभएको छ। यस वर्षको पूर्वार्धमा चिनियाँ अर्थतन्त्र स्थिर भएर राम्रो प्रवृत्तितिर बढेको भन्दै परराष्ट्र मन्त्री वाङले अमेरिकी व्यवसायले चीनमा लगानी गर्दै जाने,साझा विजय र संयुक्त विकासलाई साकार तुल्याउने चीनको आशा रहेको पनि बताउनुभएको छ।

अमेरिकी व्यवसायी समुदायका प्रतिनिधिहरुले अमेरिकी व्यवसायी समुदायले चीनसँग व्यापारको परिमाण,लगानी,प्रविधिक सिर्जना,हरित विकास र चिकित्सा स्वास्थ्य आदि क्षेत्रको सहयोगलाई विस्तृत पार्ने, चीनको उच्च गुणस्तरीय विकासमा भाग लिने र चीनसँगै विश्वलाई जोड्ने व्यक्त गर्दै अमेरिका चीन व्यापार परिषद्ले आफ्नो भूमिका निर्वाह गर्दैजाने र द्विपक्षीय आर्थिक व्यापारिक सहयोगलाई विस्तृत पार्ने,मानवीय संस्कृति आदानप्रदानलाई घनिष्ठ पार्ने र आपसी जानकारीलाई प्रवर्द्धन गर्ने बताएका छन्।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button