चक्रे मिलनसहित १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु

काठमाडौं । चक्रे मिलनसहित १९ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरेको छ । त्यसका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट सात दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

पक्राउ परेका ४७ जनामध्ये अन्यलाई भने हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए ।

प्रहरीले चक्रे मिलन, गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप के.सी., राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्र देव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीविरुद्ध अनुसन्धान सुरु गरेको हो ।

केही दिनदेखि चक्रे मिलनको बर्थडे सेलिब्रेसनको नाममा आतंक फैलाएको भन्दै प्रहरीले उनीहरुको खोजी गरेको थियो । त्यसक्रममा प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button