परराष्ट्र मन्त्री वाङ यी तथा नेपाली विदेश मन्त्री आर्जु राणा देउवाबीच दौत्य सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा बधाई सन्देश आदान प्रदान

अगष्ट १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरो सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यी र नेपाली विदेश मन्त्री आर्जुराणा देउवा बीच एकले अर्कालाई बधाई सन्देश पठाउनुहुँदै दुवै देश दौत्य सम्बन्ध कायम भएको ७०औँ वार्षिकोत्सव मनाउनुभएको छ।

आफ्नो सन्देशमा परराष्ट्र मन्त्री वाङ यीले विदेश मन्त्री सँगसँगै चीन नेपाल दौत्य सम्बन्ध कायम भएको ७०औँ वार्षिकोत्सवको सुअवसरमा दुवै देशका नेतागण बीच सम्पन्न महत्वपूर्ण मतैक्यतालाई व्यवहारमा उतारेर चीन नेपाल विकास र समृद्धितिर उन्मुख हुने परम्परागत मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई गहन पार्नका लागि अथक प्रयास गर्दै जान आफू इच्छुक रहेको औँल्याउनुभएको छ।

त्यसैगरी विदेश मन्त्री आर्जुले एक मात्र चीन भन्ने सिद्धान्तलाई नेपालले दृढताका साथ अपनाउनुका साथै लामो समययता नेपालको आर्थिक र सामाजिक विकास कार्यलाई समर्थन गर्दै आएकोमा चीनप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो। यस सुअवसरमा परराष्ट्र मन्त्रीसँग घनिष्ट सहकार्य गर्नुका साथै दुवै देश सम्बन्धलाई गहन पारी निरन्तर रूपमा आपसी हितयुक्त सहकार्यलाई अघि बढाउँदै जान आफू इच्छुक रहेको पनि उहाँले जनाउनुभएको छ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button