पाकिस्तान र इरानबीच ऊर्जा स्रोत, व्यापारआदि क्षेत्रहरुमा अनेकौँ सम्झौतामा हस्ताक्षर

अगष्ट ३ तारिख पाकिस्तानी प्रधानमन्त्री मुहम्मद शाबाज शरिफ र इरानका राष्ट्रपति मसुद पेजेशकियानले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ।

सो क्रममा, पाकिस्तानी प्रधानमन्त्री शाबाज शरिफले पाकिस्तान र इरान बीचको हालको ३ अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापार रकम बढाएर १० अर्ब अमेरिकी डलर पुर्याउने आशा गरेको बताउनुभएको छ।

शाबाज शरिफले इरानलाई शान्तिको लक्ष्यका लागि आणविक ऊर्जा पाउने अधिकारमा समर्थन दिएको जनाउँदै पाकिस्तानले यस समस्यामा इरानलाई समर्थन दिएको बताउनुभयो।

इरानका राष्ट्रपति पेजेशकियानको पाकिस्तानको दुई दिने भ्रमण क्रममा पाकिस्तान र इरानले इस्लामाबादमा ऊर्जा स्रोत, व्यापारआदि क्षेत्रहरूमा अनेकौँ सम्झौतामा हस्ताक्षर गरेका छन्।

पाकिस्तानको वाणिज्य मन्त्रालयले एक वक्तव्य प्रकाशित गर्दै यो दुई पक्षको रणनीतिक आर्थिक साझेदार सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको द्योतक भएको जनाएको छ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button