आफ्नो देशको आर्थिक हितको रक्षा गर्नुपर्छ – भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसालै उत्तर प्रदेशमा आयोजित एउटा सभामा भन्नुभयो कि विश्व अर्थतन्त्रले विभिन्न अस्थिर तत्वको सामना गरिरहेको छ र भारतले आफ्नो आर्थिक लाभको रक्षा गर्नुपर्छ।

भारतीय मिडियाले भने मोदीको उक्त सम्बोधनको उद्देश्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत एउटा “मृत्य अर्थव्यवस्था” भन्ने टिप्पणीप्रति प्रतिक्रिया जनाएको हुनसक्ने जनाएको छ।

मोदीले व्यक्त गर्नुभयो कि भारतीय सरकारको सर्वप्रथम कर्तव्य भनेको किसानको हितलाई सुनिश्चित गर्ने र साना उद्योगहरूलाई संरक्षण गर्ने हुन्। रिपोर्ट अनुसार, हालै भारत र अमेरिका बीचमा धेरै चरणको व्यापार वार्ता आयोजना भएको छ तर भारतले अमेरिकी कृषि क्षेत्र तथा दुग्ध क्षेत्रलाई कर शुल्क छुट दिने अस्वीकार गर्दै आएको छ, जुन अमेरिकी पक्षको मूख्य माग हो।

यसका साथै, मोदीले भारतमा “स्वदेशी मालसामान” प्रवर्द्धन गर्ने पहल पनि शुरू गर्नुभएको छ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button