उत्तराखण्डको बाढीमा वेपत्ता नेपालीको खोजीका लागि दूतावासमार्फत कुटनीतिक पहल भएको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले आफू चिन्तित भएको बताएका छन् ।

सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको र उनीहरूको उद्दारको लागि दूतावासमार्फत तत्काल कुटनीतिक छलफल भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु । बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ। उनीहरूको उद्दारको लागि दूतावासमार्फत तत्काल कुटनीतिक छलफल भएको थियो । बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु।’

जाजरकोटको कुशे गाउँपालिकाले १३ जना सम्पर्कविहीन भएका भन्दै खोजीका लागि कुटनीतिक पहल गर्न संघीय सरकारलाई आग्रह गरेको छ । त्यस्तै बार्दियाका पनि चार जना सम्पर्कविहीन भएको खबर आएको छ । उत्तराखण्डमा आएको बाढीले भारतीय सैनिकसहित कैयौं वेपत्ता भएका छन् भने ठूलो भौतिक सम्पत्तिको क्षति भएको छ ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button