कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडौँ ल्याइने, कारागारको पूर्ण सुरक्षा गरिने

काठमाडौं। गृह मन्त्रालयले कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गम्भीरतापूर्वक लिई सूक्ष्म रूपमा हेरिरहेको र परिस्थितिलाई सहज बनाउन काम भइरहेको जनाएको छ।

शुक्रबार राति कैदीबन्दीबीच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि आज गृहमन्त्री रमेश लेखकले गृहसचिबसहित तीन वटै सुरक्षा निकायका प्रमुखसहित घटनाको समग्र अवस्थाबारे जानकारी लिने क्रममा यस्तो जनाकारी दिइएको हो। साथै परिस्थिति सहज बनाउने विषयमा बैठकमा छलफल भएको उनको सचिवालयले जनाएको छ।

छलफलमा सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको र त्यसका लागि मन्त्रालयले सुर्खेतस्थित नेपाली सेनाको स्काइ ट्रक धनगढी पढाइसकेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी गराए।

‘कारागारको पूर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्नेछन्’, प्रवक्ता काफ्लेले भने, ‘झडपमा परी घाइते भएका अन्य घाइतेको उपचारको प्रबन्ध मिलाइएको छ।’ बैठकमा कारागारको आन्तरिक सुरक्षालगायत विषयमा छलफल भएको थियो।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button