सेप्टेम्बरमा चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला लाग्ने

चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला विशेष गरी सेवा व्यापार गर्न स्थापित अन्तर्राष्ट्रिय स्तर र मिलिजुली प्रदर्शन तथा व्यापार गर्ने चौतारो हो। सन् २०१२ देखि सफलताका साथ ११ पटकको आयोजना भइसकेको छ। अगस्ट ११ तारिख आयोजित पछिल्लो सेवा व्यापार मेलाको १ महिना बाँकी रहेको समाचार सम्मेलनमा चीनको पैछङ ग्रुपका उपसचिव एवम् प्रवक्ता याङ ह्वासनले जानकारी दिँदै २०२५ सेवा व्यापार मेला सेप्टेम्बर १० देखि १४ सम्म पैचिङको शौ काङ पार्कमा आयोजित हुने र हालै विभिन्न तयारी काम सुव्यवस्थित रुपमा गरिएको उहाँले बताउनुभयो।
याङको जानकारी अनुसार,हालसम्म लगभग ७० वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनले सेवा मेलामा भाग लिने छन् भने यस पटकको सेवा मेलामा शृंखलाबद्ध नयाँ सिर्जनालाई सार्वजनिक गरिने छ। ७० भन्दा बढी व्यवसायले मेलामा १३० भन्दा बढी नयाँ उत्पादन र सिर्जनाको सार्वजनिक गर्दै यी नयाँ उत्पादनले एआई,वित्तीय प्रविधि,चिकित्सा र स्वास्थ्य,हरित कम कार्बुन आदि क्षेत्रमा ढाकेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button