दोस्रो विश्वयुद्धको ऐतिहासिक दृष्टिकोण सम्बन्धी जनमत सर्वेक्षण

सीजीटीएनले विश्वका ४० देशका ११,९१३ जना नेटिजन्समाझ एक जनमत सर्वेक्षण गरिएको छ। उक्त सर्वेक्षणमा प्रमुख विकसित मुलुक र “ग्लोबल साउथ” देशहरू समावेश छन्। अनलाइन नमूना भण्डारणबाट सङ्कलन गरिएको यस सर्वेक्षणका प्रमुख निष्कर्षहरू यस प्रकार छन्:
विश्वयुद्धमा चीनको ऐतिहासिक योगदान र युद्धपछिको स्थितिको बारेमा बारेमा नेटिजनले यस्तो धारणा राखेका छन्।
जापान बाहेकका ३९ देशका नेटिजन्सहरूमध्ये ५४.७ प्रतिशतले चीनलाई दोस्रो विश्वयुद्धको प्रमुख पूर्वी युद्धस्थल मानेका छन्। ५०.८ प्रतिशतले एशियाली देशहरूको फासीवादविरोधी संघर्षलाई चीनले सकारात्मक समर्थन गरेको ठहर गरेका छन्। अनि ५४.१ प्रतिशतले चीनले विश्व फासीवादविरोधी युद्धमा ठूलो योगदान पुर्याएको कुरालाई स्वीकार गरेका छन्।
दोस्रो विश्वयुद्धको विजय परिणाम र युद्धपछिको अन्तर्राष्ट्रिय परिपाटीको मूल्यांकनमा सर्वेक्षणमा यस्तो जनमत प्राप्त भएको छ।
६२.१ प्रतिशत वैश्विक नेटिजन्सहरूले विश्वयुद्धको विजय परिणामलाई कायम राख्नु नै युद्धपछिको अन्तर्राष्ट्रिय परिपाटीको महत्वपूर्ण आधार हो भन्ने मानेका छन् भने ६७.९ प्रतिशत नेटिजन्सहरूले संयुक्त राष्ट्र संघ केन्द्रित रहेको अन्तर्राष्ट्रिय प्रणाली नै युद्धपछिको अन्तर्राष्ट्रिय परिपाटीको मूल आधार हो भन्ने ठहर गरेका छन्।





