शाङ्हाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन भ्रमणमा निस्कने

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने हुनुभएको छ । उहाँ शाङ्हाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङ निकटस्थ थ्यानचिन सहरमा आयोजना हुँदैछ ।

यो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले गर्ने कार्यक्रम छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख पनि सो सम्मेलनमा सहभागी हुँदैछन् ।

यसैबीच सम्मेलनमा सहभागिताको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र भारतीय समकक्षीसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । संगठन क्षेत्रीय स्थीरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००१ मा यसको स्थापना भएको थियो । अनलाइनखबरका अनुसार यस संगठनमा १० देशहरु सदस्य छन् ।

संगठनमा चीनसहित काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, इज्वेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस सदस्य छन् । नेपाल सन् २०१६ देखि सम्वाद साझेदार हो। सम्मेलनमा नेपालबाट उच्चस्तरीय सहभागिता हुन लागेको यो पहिलो पटक हो । सम्मेलनमा राजनीति, अर्थतन्त्र र सुरक्षाका विषयमा छलफल हुने छ ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button