२५ भाद्र २०८३, बिहीबार

किशोर–किशोरीको राष्ट्रिय भेला २०८२ ललितपुरमा

मुलुकका सातै प्रदेशका ४५ जना किशोर–किशोरीको सहभागितामा किशोर–किशोरीको राष्ट्रिय भेला २०८२ ललितपुरमा सुरु भएको छ।
तीन दिनसम्म चल्ने यस भेलामा किशोर–किशोरीका हकहित, क्षमता विकास र नेतृत्व सुदृढीकरणका विविध विषयमा छलफल, अभिमुखीकरण तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना हुनेछन्।

कार्यक्रमका प्रमुख सत्रहरूमा बालक र किशोरहरूको लैंगिकता र उनीहरूले सामना गर्नुपरेका जोखिम, मानसिक स्वास्थ्य, राष्ट्रिय युवा दिवसको सन्दर्भमा दिगो भविष्य र युवा सशक्तीकरण जस्ता महत्वपूर्ण विषयहरू समेटिएका छन्।

अनलाइनखबरका अनुसार प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता, समूहगत गतिविधि तथा सांस्कृतिक प्रस्तुति जस्ता कार्यक्रममार्फत सहभागिता र आपसी सिकाइलाई अझ सशक्त बनाइनेछ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button