अमेरिकी उच्च कर शुल्कविरूद्ध भारतीय नागरिकको प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भारतमाथि ५० प्रतिशत कर लगाउने घोषणा गर्नुभएपछि भारतीय नागरिकको अमेरिका विरोधी भावनामा वृद्धि भएको छ। भारतका विभिन्न ठाउँहरूमा किसान र मजदुरले ट्रम्प सरकारले लगाएको कर नीति र रूसी तेल व्यापारमा लगाइएको दण्डात्मक करको निन्दा गर्दै अमेरिकाविरूद्ध प्रदर्शन गरिरहेका छन्।
दिल्लीमा ठूलो संख्यामा भारतीय किसान र ट्रेड युनियनहरू सडकमा भेला भएर प्रदर्शन गर्दै भारतले सो कर शुल्कको धम्की अस्वीकार गर्न तथा सबै देशहरूसँग स्वतन्त्र व्यापार गर्ने अधिकार कायम राख्न माग व्यक्त गरेका छन्।
भारतको उत्तरी रोहतकमा सयौँ किसानहरू तथा कृषि मजदुरहरूले गरेको प्रदर्शनबाट भारत सरकारलाई अमेरिकाको दबाबको सामना गर्दै प्रतिकार गर्न स्पष्ट सन्देश दिएको छ।
प्रदर्शनकारीहरूका लागि यो प्रदर्शन जीवन र जीविकोपार्जनका लागि धेरै महत्त्वपूर्ण छ। उनीहरूले ट्रम्पको कर शुल्कका साथै विदेशी व्यापार सम्झौताअन्तर्गत कृषि र डेरी उद्योगहरू खोल्ने आगामी योजनाको समेत विरोध गरेका छन्।
CGTN





