एकीकृत समाजवादीमा वामदेव तेस्रो वरियतामा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वामदेव गौतम पक्षधर १३ जनालाई केन्द्रीय सदस्य बनाएको छ । शुक्रबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले केन्द्रीय समितिमा १३ जनालाई समेट्ने निर्णय गरेको हो ।

बैठकले नेता गौतमलाई पार्टीको तेस्रो वरियताको जिम्मेवारी दिएको छ। अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि नेता गौतमलाई वरियता तोकिएको हो। पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले सपथ ग्रहण गराएका थिए ।

राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित भएका नेताहरूलाई जिम्मेवारी दिईएको प्रमुख ज्वालाले जानकारी दिए ।

ज्वालाका अनुसार डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटव्यूरो सदस्यको जिम्मेवारी दिइएको छ । त्यस्तै, केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानले जिम्मेवारी पाएका छन् ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button