म नेकपा एमालेको कार्यकर्ता होः पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको संगठित सदस्य र कार्यकर्ता नै रहेको बताएकी छन् ।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू नेकपा एमालेकै कार्यकर्ता भएको र एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको बताएकी हुन् ।

उनले ४५ वर्ष एमालेसँगको आबद्धताको स्मरण गर्दै पार्टीको हितका लागि सधैं काम गर्ने प्रतिबद्धता जनाइन् । उनले भनिन्, ‘म नेकपा एमाले नै हो। म एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो। म नेकपा एमालेको कार्यकर्ता हो।’

उनले पार्टीभित्र आफ्नो भूमिकाबारे कमिटीमा बस्नेहरूलाई थाहा हुने बताइन् । उनले आफू अहिले केन्द्रीय कमिटीमा नरहेको कारणले पार्टीको औपचारिक निर्णयबारे जानकारी नभएको बताइन् । उनले आफूलाई गुट चलाउन नआउने बताइन् । उनले भनिन्, ‘मलाई गुट चलाउन आउँदै आउँदैन ।’

उनले राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने बताइन् ।

उनले भनिन्, ‘राजतन्त्र र गणतन्त्र फरक हो। राष्ट्रपति एउटा पद हो। यो आवधिक हुन्छ। जोसुकै पनि जनताको स–सहभागिताले निर्वाचित भएर आउन सक्छन्। उनीहरूको कार्यकाल सकिएपछि आफ्नो सामान्य जीवनमा फर्कन सक्छन्।’

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button