गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारत भ्रमणमा जान प्रधानमन्त्रीलाई पत्र

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली आसन्न भारत भ्रमणमा जाँदा भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न पत्र पठाइएको छ ।
सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँको संयोजकत्वमा गठित संघर्ष समितिले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा जाँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न आग्रहसहितको पत्र पठाएको हो ।
अन्तर्राष्ट्रिय उडानविहीन हुन पुगेको विमानस्थललाई नियमित र दीगो रुपमा संचालनका लागि सरकारलाई दवाव सिर्जना गर्न सिद्धार्थनगरका मेयर खाँको संयोजकत्वमा गठित उक्त समितिको मंगलवार बसेको बैठकले उक्त निर्णय गर्दै पत्र पठाएको हो ।
मेयर खाँले अर्बौको लगानीमा निर्माण भएको, राष्ट्रिय गौरवको आयोजनालाई दिगो संचालन गर्नका लागि सरकारलाई दबाब दिने र प्रधानमन्त्री भैरहवा हुँदै दिल्ली प्रस्थान गर्दा सकारात्मक सन्देश जाने भएकाले यस्तो आग्रह गरिएको बताए ।
Nepal Samaj





