नेपाललाई धानमा आत्मनिर्भर बनाउन चिनियाँ पहल

चितवनमा धान उत्पादन बढाउन चीनले सहयोग थालेको छ। हाइब्रिड जातको धान परीक्षणका लागि रत्ननगरस्थित चीन–नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा रोपाइँ गरिएको छ। उक्त कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले हाइब्रिड धान प्रविधिलाई खाद्य आत्मनिर्भरता र कृषि सहकार्यको महत्वपूर्ण पक्ष जनाउँदै नेपालमा ‘उत्तम बीउ + उत्तम प्रविधि’ प्रणाली प्रवर्धन गर्ने प्रतिबध्दता जनाउनुभएको जनआस्था अनलाइनले लेखेको छ।

चिनियाँ कृषि विज्ञहरूले नेपालको माटो,जलवायु र खेती प्रणालीअनुसार उपयुक्त जात छनोट तथा परीक्षण गर्ने क्रममा उक्त रोपाइँ गरिएको बताएका छन्।

तीन वर्षे परियोजनाले वैज्ञानिक बिरुवा उत्पादन,मल तथा सिँचाइको दक्ष प्रयोग, वातावरणमैत्री रोग–किरा नियन्त्रण र स्थानीय जनशक्ति विकासमा जोड दिनेछ। परीक्षण सफल भए नेपालमा आफ्नै हाइब्रिड धान प्रविधिको स्थानीयकरणका लागि प्राविधिक,व्यवस्थापक र किसानको मूल टोली तयार हुने छ।

चीनसँगको पछिल्लो कृषि सहकार्यले नेपालको खाद्य सुरक्षा,कृषि आधुनिकीकरण र द्विपक्षीय सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा भाग लिन सेचुवान प्रान्तका नेताहरु हिजो नेपाल आइपुगेका थिए।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button