सन् २०२५ एससीओ मुलुक मानवीय आदानप्रदान कार्यक्रम पैचिङमा

शाङहाइ सहयोग संगठन सदस्य राष्ट्रप्रमुखको परिषद्को २५औं बैठक आयोजना हुनुअघि, अगस्ट २५ तारिख सीएमजी र शाङहाइ सहयोग संगठन सचिवालयद्वारा संयुक्त रूपमा आयोजित “२०२५ शाङहाइ सहयोग संगठन राष्ट्रिय मानवीय आदानप्रदान कार्यक्रम” पैचिङमा सम्पन्न भएको छ। किर्गिजस्तानका राष्ट्रपति सादिर जापारोव र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यस कार्यक्रमलाई बधाई सन्देश पठाउनुभयो। शाङहाइ सहयोग संगठनका सदस्य राष्ट्रका राजनीति, संस्कृति, मिडिया लगायतका विभिन्न क्षेत्रका १०० भन्दा बढी विशेष अतिथिहरूले यस कार्यक्रममा भाग लिएका छन् र शाङहाइ सहयोग संगठनका मानवीय आदानप्रदानका विभिन्न परिणामहरूको घोषणामा साक्षी गरेका छन्।

जापारोवले आफ्नो बधाई सन्देशमा जनाउनुभयो कि यो मानवीय आदानप्रदान कार्यक्रम न केवल एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय आयोजना हो, बरु “शाङहाइ आत्मा” को मूलभूत सिद्धान्तको जीवन्त प्रतिबिम्ब हो। शहबाज शरीफले आफ्नो सन्देशमा यस जटिल र परिवर्तनशील अन्तर्राष्ट्रिय परिवेशमा विभिन्न सभ्यताहरू र राष्ट्रहरूबीचको साँचो संवाद र परस्पर बुझाइ अत्यन्त महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो।
सीएमजीका महानिर्देशक शन हाइस्युङले भन्नुभयो, “चिनियाँ सभ्यताले प्राचीनकालदेखि नै ‘सहअस्तित्व र सहयोग’ को मार्गलाई महत्त्व दिँदै आएको छ। सहअस्तित्व र सहयोग न केवल सभ्यताको दृष्टिकोण हो, बरु विश्वव्यापी दृष्टिकोण पनि हो। सम्मान र विविधताको बुझाइमा मात्र जीवनको सृजना र समृद्धि ल्याउन सकिन्छ।”

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button