नेताहरुलाई बालुवाटार बोलाएर ओलीले भने- विद्याबाहेक कसैको दम छैन, उहाँले छोडे सबै मिल्छ

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका केन्द्रीय सदस्यसहित बागमतीका नेता र विधान महाधिवेशन प्रतिनिधिलाई काठमाडौं बोलाएर केही निर्देशनात्मक प्रशिक्षण दिएका छन् ।

बुधबार साँझ बालुवाटार पुगेका नेताहरुलाई ओलीले आफू र पार्टीको निर्णयको पक्षमा उभिन निर्देशन दिएका हुन् । ओलीले एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलासहित काठमाडौँबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिलाई बालुवाटारमा बोलाएर लामो प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षणको संयोजन नेता रामेश्वर फुँयालले गरेका थिए । एमाले काठमाडौंका अध्यक्ष निरौलाले ओलीले दिएको प्रशिक्षणको विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । ओलीले नेताहरुलाई पार्टीमा आफूलाई विद्या भण्डारीबाहेक पार्टीमा आफूलाई काउण्टर दिने कसैको दम नभएको बताएका थिए ।

ओलीको निर्देशनलाई अध्यक्ष निरौलाले सामाजिक संजालमा ४८ बुँदामा यसरी प्रस्तुत गरेका छन्ः

१. पार्टी दुई तिहाई मत आउने थियो । वामदेवले पार्टी फुटाउनु भयो । २०५४
२. एकले अर्कालाई निस्कासन गर्दै अघि बढियो र हालको पार्टी निर्माण भयो ।
३. हाल केहीले पूर्वराष्ट्रपतिको फोटो राखेर धन्दा गरिराछन् ।
४. च्यासलले सदस्यता खायो भन्नु हुन्छ सदस्यता खाएको छैन । पार्टीमा निवेदन दिनु भएको छैन । प्रकृया मिलेन ।
५. बालुबाटार बोलाको आउनु भएन पार्टी कार्यालयमा भेटियो ।
६. सदस्यता नविकरण हुँदैन पार्टीले निर्णय गर्नुपर्छ ।
७. राजनीतिमा आउनु हुन्न ।
८. मलाई सहयोग गर्नु तपाईं चलाउन सक्नु हुन्न भन्नुभयो ।
९. भ्रममा नरहन भनें । अनुभव छैन भनें ।
१०. चुनाव लड्ने त भन्नुभयो । यो पार्टीमा चुनाव लड्नु पर्दैन भनें ।
११. पूर्वराष्ट्रपति भको व्यक्ति अशोभनिय गतिविधि गर्नुभएन ।
१२. पार्टी पक्षमा नबोलेकाहरुलाई भेला गरेर हिँड्नु भको छ।
१३. चक्रपथमा मलाई जथाभावी लेखाउने काम भो ।
१४. फाउण्डेशन मैले खोलेको किनकी जन्म जयन्ती र स्मृति मनाउन नदिएकोले
१५. राजमाता हुन भनिरहँदा मैले विद्यालाई अघि सारें ।
१६. नेकपा एमालेमा आएर अध्यक्ष हुन सम्भव छैन
१७. आआफ्नो योग्यताका कारण हाही यहाँ आइपुगेका छौं ।
१८. आन्दोलनलाई पार्टीले आगाडि बढाको छ तर यो नदेख्ने । बिरोधीलाई सहयोग गर्ने
१९. सरकारले गरेको सकारात्मक कामको चर्चा
२०. अदालतमार्फत बाधा हाल्ने कोसिस गरिएको छ, बाधा पन्छाएर अघि बढिन्छ ।
२१. सेन्टीमेन्टमा गएर हुँदैन मदन भण्डारीका विचार पवित्र हो, घर हैन
२२. जबज परिवारको सम्पति हैन
२३. जबज फाउण्डेशनले बचाउने हैन
२४. पार्टीमा समस्या ल्याउने हैन
२५. ईश्वर पोखरेल कहाँ पु्ग्नु हुन्छ बाटो बिराएर हिँड्नु भएन
२६. अभागीलाई खाने बेलामा रिस उठ्छ
२७. विनोद ढकाल ९ औं महाधिवेशनमा मलाई सहयोग गर्ने प्रमुख पात्र हुन् ।
२८. विधानबारे कर्णले गलत कुरा गरे ।
२९. पत्रकारले पार्टी सदस्उता दिने हैन
३०. गणतन्त्र गौरबलाई विवादमा पर्ने काम भयो ।
३१. विद्याजीलाई अध्यक्ष दिन सकिन्न चुनाव भयो भने हार्नु हुन्छ ।
३२. लालगेडी भएर पार्टी चल्दैन त्यसैले विद्याजीको सम्भावना छैन
३३. मैले जतिसम्मान अरुले गरेको छैन होला विद्याजीलाई साथ दिँदा म अपमानित हुनु परेको छ
३४. म एकोहोरो हो म भन्दा पनि मदन तर सहकार्यमा थियौं ।
३५. म सपनामा छु कि जस्तो लाग्छ
३६. विद्याबाहेक कसैको दम छैन उहाँले छोडे सबै मिल्छ
३७. विद्याजीको सम्मानको लागि उहाँलाई नउचालौं ।
३८. व्यक्ति ठूलो कुरा हैन आन्दोलन बचाउनु पर्छ ।
३९. विद्या भण्डारी सम्पति हो ।
४०. उहाँको लडाईं सदस्यताको हैन
४१. प्रोटोकल हेरेर प्रतिष्ठा बनाउनु हुन्न ।
४२. सही विचार प्रस्तुत गर्छु फरकमत राखिरहनु पर्दैन त्यही पेस गर्छु । यो इतिहास हो । इतिहासको रुपमा आउँछ । यो नीतिको रुपमा आउँछ ।
४३. एकदिन दस्तावेज प्रस्तुत एकदिन छलफल एक दिन समापन ।
४४. विधान अधिवेशन एकताको अधिवेशन हुन्छ अन्यथा गरे महाधिवेशनमा हिसाब किताब गरिन्छ ।
४५. साथीहरुको आम चाहना र समयको माग र म स्वस्थ रहेको हुँदा कार्यकाल र ७० वर्ष आवश्कता रहेन
४६. रवि लामिछानेलाइ मैले बनाको
४७. राजेन्द्र लिङ्देनले अब झापामा जितेको हेरौन । हिजोपो हामीले सहयोग गरेका थियौं ।
४८. राष्ट्रियताकोबारेमा हामी राजनीति गर्दैनौं ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button