वार्ताबाट सीमा समस्या समाधान गर्न सरकारलाई प्रचण्डको सुझाव

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विगतमा कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रतिबद्धता व्यक्त भएको स्मरण गरे ।

उनले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणको क्रममा सीमा समस्या समाधान नगरिकन छिमेकीसँगको सम्बन्ध सुमधुर हुन नसक्ने कुरा प्रष्टरूपमा राखेको उल्लेख गरे ।

उनले भने, ‘पछिल्लो पटक प्रधानमन्त्रीका रूपमा भारत भ्रमणका अवसरमा आयोजित ‘प्रेस ब्रिफिङ’मा सीमा विवादका विषयमा चर्चा भएको र भारतीय प्रधानमन्त्री मोदीले सिमानाको समस्या जो बाँकी छ, त्यसलाई संवादद्वारा हल गरिन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।’

अध्यक्ष दाहालले छिमेकी मित्रराष्ट्र भारतसँग संवादको प्रक्रिया थालेर दुई देशबीचको सीमा समस्या समाधान गर्न सरकारलाई सुझाव दिए ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button