नेपालगञ्जमा २३ लाखभन्दा बढीको अवैध BN–ALCO DROPS औषधी बरामद

बाँके, भदाै १२ – नेपालगञ्ज उपमहानगरपालिका–१८ लगदहवाबाट अवैध रूपमा ल्याइँदै गरेको २३ लाख रुपैयाँभन्दा बढीको BN–ALCO DROPS नामक औषधी बीओपी जयसपुरले बरामद गरेको छ। सशस्त्र प्रहरीको एक विशेष टोलीले सोमबार अपरान्ह लगदहवा क्षेत्रमा सुरू गरेको विशेष अभियानका क्रममा यो अवैध औषधी बरामद गरेको हो।
बरामद भएको औषधी BN–ALCO DROPS लाई नशाको रूपमा प्रयोग गरिन्छ भन्ने प्रहरीको भनाइ छ। यो औषधी भारतबाट अवैध रूपमा नेपाल ल्याइएको विश्वास गरिएको छ।प्रहरीले आैषधी बरामदगरेका बेला ल्याउने ब्यक्तिहरु फरार भएकोले कुनै पनि सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न सकिएको छैन। अवैध औषधी बरामद गरेपछि प्रहरीले त्यसलाई सार्वजनिक गरेको छ।
यसअघि पनि यसै किसिमको अवैध औषधी बाँके जिल्लामा बरामद गर्न प्रहरीले सफलता पाएको छ। प्रहरीले अवैध औषधी तस्करी र नशा दुरुपयोग विरुद्ध सघन अभियान चलाएको छ। प्रहरीले अवैध औषधी तस्करी गर्ने तथा नशा सेवन गर्ने व्यक्तिहरू विरुद्ध कडा कानूनी कारबाही गरिने बताएका छन्।





