प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए।

बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा उठाउने एजेण्डा र नियमित एजेण्डामाथि छलफल भएको ती मन्त्रीले बताए।

प्रधानमन्त्री ओली शनिबार पाँच दिने चीन भ्रमणमा जाँदै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तियानजिनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उहाँले भदौ १६ गते थ्यानचिनमा हुने एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जापानविरुद्धको युद्धमा विजयी भएको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्ण बहादुर खड्का र छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र उच्चपदस्थ सरकारी अधिकारी रहेका छन्।

प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको अन्नपूर्णपोस्टले जनाएको छ ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button