नेपालका प्रधानमन्त्री ओली चीनको आधिकारिक भ्रमणमा जाँदै

काठमाडौं, सेप्टेम्बर २५। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच दिने चीन भ्रमणका लागि भाृलि बिहान ७ बजे काठमाडौंबाट प्रस्थान गर्नेछन्।

प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सको उडानमा सिधै बेइजिङ नजिकैको समुद्री किनारामा रहेको थिएन्चिन सहरको पिनहाई अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम छ। काठमाडौंबाट बिहान ७ बजे प्रस्थान गर्ने उक्त उडान स्थानीय समयअनुसार दिउँसो ३ बजे थिएन्चिनमा पुग्ने अपेक्षा छ।

प्रधानमन्त्री ओलीले थिएन्चिन सहरमा हुन लागेको सांघाई सहयोग संगठन (एससीओ) को २५औं शिखर सम्मेलनमा सहभागी हुन २७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ।

प्रधानमन्त्रीसँग उहाँकी श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेस उपसभापति तथा सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा उपस्थित रहनुहुनेछ।

यसैगरी, एमाले सचिव छविलाल बिसी, परराष्ट्र सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यसिंह शाह, निजी सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना र चिफ अफ प्रोटोकोल कुमारराज खरेल पनि प्रतिनिधिमण्डलमा रहनुहुनेछ।

प्रतिनिधिमण्डलको अन्य सदस्यहरूमा प्रधानमन्त्री कार्यालयका दीपेन्द्रप्रसाद दाहाल, मनहरि दंगाल, छमानसिंह बुढाथोकी मगर र निजी सहयोगी राधा शाक्य पनि रहनुहुनेछ।

सुरक्षा व्यवस्थाअन्तर्गत प्रमुख सुरक्षा अधिकृत कर्नल सुमन थापामगर, निजी अंगरक्षक लेफ्टिनेन्ट कर्नल दिवाकर खड्का र एसपी नवीन कार्की प्रधानमन्त्रीसँगै रहनुहुनेछ।

सञ्चारकर्मीहरूमा उदय पोखरेल, प्रकाश सिलवाल, अनुपकुमार घिमिरे र दिनेश भण्डारी प्रतिनिधिमण्डलसँगै जाने छन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, परामर्शदाता प्रदीप आचार्य र शाखा अधिकृत प्रदीप भट्टराईलाई भिभिआईपी टोलीमा सामेल गराइएको छ।

बेइजिङस्थित नेपाली राजदूत कृष्णप्रसाद ओली सम्मेलनमा उपस्थित रहनुहुने परराष्ट्र मन्त्रालयका स्रोतले जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button