शी चिनफिङ र प्रधानमन्त्री ओलीबीच थियाञ्चिनमा भेटवार्ता
चीन-नेपाल सदियौंको मैत्री र रणनीतिक साझेदारीमा जोड

थियाञ्चिन, ३० अगस्त । राष्ट्रपति शी चिनफिङले आज थियाञ्चिन स्थित एक गेस्ट हाउसमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरे। प्रधानमन्त्री ओली चीनमा २०२५ शंघाई सहकार्य संगठन (SCO) शिखर सम्मेलन र चीनको विश्व जनवादी विरोधी फासिस्ट विजयको ८०औं वार्षिकिको समारोहमा भाग लिन आएका हुन्।
भेटवार्ताका क्रममा राष्ट्रपति शीले चीन र नेपालबीच पहाड-पर्वतले जोडिएका सदियौंदेखिका मैत्रीपूर्ण सम्बन्धलाई उजागर गर्दै दुवै देश शान्ति प्रेमी, आत्मनिर्भर र बलियो राष्ट्रका रूपमा रहेको उल्लेख गरे। उनले ७० वर्षअघि कूटनीतिक सम्बन्ध स्थापित भएदेखि दुवै देशका जनताले समान भाग्य बाँड्दै एकअर्कालाई समर्थन गर्दै आएका र चीन-नेपाल मैत्रीको ऐतिहासिक अध्याय सँगै लेख्दै आएको बताए।

यसअन्तर्गत उच्च-गुणस्तरको ‘बेल्ट एण्ड रोड’ सहयोगलाई अगाडि बढाउने, दुवै देशका जनताबीचको परिचय र नजिकको सम्बन्धलाई बढावा दिने र चीन-नेपाल सदियौंको मैत्रीपूर्ण रणनीतिक साझेदारीलाई विकास र समृद्धिको लागि नयाँ ठूलो विकासमा लैजाने चीनको इच्छा रहेको उनले जनाए।
शीले दुवै पक्षले रणनीतिक विश्वास बढाउनुपर्छ र एकअर्काको मूल हित तथा प्रमुख चासोका मामिलाहरूमा दृढतापूर्वक एकअर्कालाई समर्थन गर्नुपर्छ भनेर बताए। उनले ‘बेल्ट एण्ड रोड’ निर्माण, सीमा चौकी, सडक, पावर ग्रिड, विमानन, सञ्चारलगायत क्षेत्रमा इन्टरकनेक्टिभिटी बलियो बनाउने, उद्योग, कृषि, नयाँ ऊर्जा, वातावरण संरक्षण, पेट्रोलियम र प्राकृतिक ग्याँस, कृत्रिम बुद्धिमत्ता, शिक्षा, स्वास्थ्य, कानून कार्यान्वयन सुरक्षा लगायत क्षेत्रमा सहयोग बढाउने र चीन-नेपाल कूटनीतिक सम्बन्धको ७०औं वार्षिकिको समारोह कार्यक्रमहरू सफलतापूर्वक जारी राख्नुपर्छ भनेर जोड दिए।
संयुक्त राष्ट्र, शांघाई सहकार्य संगठनजस्ता बहुपक्षीय मञ्चहरूमा समन्वय र सञ्चार बलियो बनाउने, साझेदारीमा स्वतन्त्र व्यापार, स्थायी विकासलाई समर्थन गर्ने र अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्नुपर्छ भन्नेमा पनि उनले बल दिए।

प्रधानमन्त्री ओलीले भने, नेपाल-चीन सम्बन्धले विभिन्न चुनौतीहरूको परीक्षामा उत्तीर्ण हुँदै दीर्घकालीन र दृढ बन्न पुगेको छ भनेर जनाए। उनले दुवै पक्षले सधैं एकअर्कालाई सम्मान गर्दै आएका, एकअर्कामा विश्वास गर्दै आएका र एकअर्काको चासोको ख्याल गर्दै आएको उल्लेख गरे। चीनसँगको सहयोगले नेपालको आर्थिक विकास र सामाजिक प्रगतिमा ठूलो योगदान दिएको ओलीले बताए।
नेपालले एक चीनका सिद्धान्तलाई दृढतापूर्वक लागू गर्दै आएको, ‘ताइवान स्वतन्त्रता’को कडा विरोध गर्दै आएको र नेपाली भूभागबाट कुनै पनि शक्तिले चीनको हितलाई क्षति पुर्याउन दिएको छैन भनी ओलीले स्पष्ट पारे। नेपाल लगातार विकास गर्न प्रतिबद्ध छ र चीनसँग सहयोग गहिराउने, ‘बेल्ट एण्ड रोड’ सहनिर्माण, व्यापार, लगानी, कृषि, विज्ञान प्रविधि, पर्यटन, जलवायु परिवर्तनको सामना गर्ने लगायत क्षेत्रहरूमा सहयोग बलियो बनाउने, थप सकारात्मक परिणामहरू सृजना गर्ने अपेक्षा राखेको उनले बताए।
नेपालले चीनद्वारा प्रस्तावित तीनवटा वैश्विक पहलकदमीहरूलाई समर्थन गर्ने, शांघाई सहयाेग संगठनको भूमिकालाई महत्व दिने, ‘शांघाई भावना’लाई सक्रिय रूपमा कार्यान्वयन गर्ने र चीनले अन्तर्राष्ट्रिय मामिलाहरूमा ठूलो भूमिका खेल्ने अपेक्षा राखेको छ भनेर प्रधानमन्त्री ओलीले जनाए।





