सी चिन फिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टीको झण्डा, राष्ट्रिय झण्डा तथा सैनिक झण्डालाई सम्मान व्यक्त

चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोह ३ तारिख बिहान थ्येनआनमन चोकमा भव्यताका साथ आयोजना गरिएको छ। समारोहमा विश्वव्यापी जनता सँगसँगै यो विशाल दिन मनाउनका लागि सैनिक परेडको पनि आयोजना गरिएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको झण्डा, चीनको राष्ट्रिय झण्डा तथा चिनियाँ जन मुक्ति सेनाको झण्डा सैनिक परेड अगाडि हावामा फहराइरहेका छन्। सी चिन फिङले आफू चढ्नुभएको गाडी रोकेर आफ्नो अगाडि फहराइरहेका झण्डाहरूलाई सम्मानस्वरूप सलामी अर्पण गर्नुभएको छ।
CGTN





