पैचिङमा चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवको स्वागत समारोह

चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवको स्वागत समारोह सेप्टेम्बर ३ तारिख जन वृहत सभा भवनमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उक्त स्वागत समारोहलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।
सी चिनफिङले चीन सरकार र चिनियाँ जनताको तर्फबाट सबै पाहुनालाइ स्वागत गर्नुभयो। उहाँले विभिन्न जातिका जनता र विश्वको विभिन्न मुलुकका जनतालाई हार्दिक बधाई पनि दिनुभयो।
सी चिनफिङले आधुनिकीकरणका लागि चिनियाँ मार्ग शान्तिपूर्ण विकास बाटो हिड्ने आधुनिकीकरण रहेको बताउँदै चीन सधैँ नै विश्व शान्तिको शक्ति, स्थिरताको शक्ति, प्रगतिको शक्ति रहेको उल्लेख गर्नुभयो। विभिन्न मुलुकले विश्वको आधुनिकीकरणलाई संयुक्त रुपमा अगाडि बढाउने र मानवको सुन्दर भविष्यको सिर्जना गर्ने आशा चीनले लिएको कुरामा सीले जोड दिनुभयो।
CGTN





