सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खल्वल्याइदिएका असल सामाजिक परम्पराहरु पुनस्र्थापित गर्ने कोशिस गरौंः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल बन्द हुनसक्ने संकेत गरेका छन् । बिहीबार सामाजिक संजालमार्फत उनले दर्ता हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुनसक्ने संकेत गरेका हुन् ।
उनले लेखेका छन्, ‘सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनस्र्थापित गर्ने कोसिस गरौँ। सुखद अनुभूति हुनेछ!’
सरकारले यही भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य दर्ताका लागि भन्दै सातदिने सूचना निकालेको थियो । तर अहिलेसम्म कुनै पनि दर्ताका लागि आएका छैनन् ।
Nepal Samaj





