जनताका लागि बन्द गर्न लगाएर आफू चाहिँ फेसबुक चलाउँदै प्रधानमन्त्री !

काठमाडौं । सरकारले सूचीकृत नभएका सामाजिक संजाल प्लेटफर्म बन्द गर्ने बिहीबार निर्णय गर्यो । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय इन्टरनेट सेवा प्रदायकलाई पठाउँदै कार्यान्वयन गर्न पत्र पनि लेख्यो ।

त्यसपछि इन्टरनेट सेवाप्रदायकले धमाधम सूचीकृत भएका सामाजिक संजाल निष्क्रिय पार्न थालेका छन् । तर सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली भने सामाजिक संजाल चलाइरहेका छन् । प्रधानमन्त्रीको सचिवालय र ‘बालकोट‘ भन्ने दुई वटा फेसबुक एकाउन्टबाट शुक्रबारदेखि सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनका तस्बिर धमाधम पोष्ट भइरहेका छन् ।

यसरी जनतालाई सामाजिक संजाल बन्द गराएर प्रधानमन्त्रीले आफूले चाहिँ फेसबुक बन्द गराएको भन्दै आलोचना भइरहेको छ । अरुलाई बन्द गर्न लगाएर आफू चाहिँ फेसबुक चलाउने भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेको हो ।

प्रधानमन्त्रीको सचिवालयले फेसबुक चलाएपछि यस्ता कमेन्ट आएका छन्, पढ्नुस्

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button