सामाजिक संजाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजी पुस्ताले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । सामाजिक संजाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजी पुस्ताले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरूद्ध उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन् ।

माइतीघर मण्डलमा सोमबार बिहान ११ बजे प्रदर्शन हुनेछ विद्यार्थीहरू पोशाक लगाएर परिचय पत्रसहित कम्तीमा एउटा किताबसहित माइतीघर मण्डलमा उपस्थित हुन उनीहरूले आग्रह गरेका छन्।

नेपालमा दर्ता गर्न नआएका सामाजिक सञ्जाललाई सरकारले बन्द गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयको सर्वत्र आलोचना भइरहेको छ ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button