सुशीला कार्कीलाई अन्तरीम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने तयारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । शीतल निवासमा भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको हो ।





