हत्या हिंसामा संलग्नहरूमाथि छानबिन हुन्छः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भौतिक तथा मानवीय क्षति हुनुमा सुनियोजित षड्यन्त्र भएको बताएकी छन् ।

आइतबार प्रधानमन्त्री कार्कीले पदभार सम्हालेपछि कर्मचारीहरूलाई सम्बोधन गर्दै मानवीय क्षति र अत्यावश्यक संस्थामाथि आगजनी नियोजित भएको बताएकी हुन्। प्रधानमन्त्री कार्कीले नेपालीहरूले नै देशका अत्यावश्यक भौतिक संरचना र मानवीय क्षति गरेका हुन् भने तिनीहरूलाई नेपाली भन्न नहुने बताइन् ।

उनले भनिन्,’नेपालीले नै हत्या हिंसा गरेको भए उनीहरूलाई अब किन नेपाली भन्ने ?, हत्या हिंसामा संलग्नहरूमाथि छानबिन हुन्छ।’

प्रधानमन्त्री कार्कीले मुलुकको आवश्यक संस्थामाथि आगजनी गर्नेहरूमाथि कडा कारवाही हुने बताइन् । अनुसन्धान गरेर नोक्सान गर्नेहरूलाई छोड्न पर्ने अवस्था नभएको उनको भनाइ छ।

उनले भनिन्,’म त्यसै प्रधानमन्त्री भएको होइन। सडकबाट जिम्मेवारी लिइदेउ भन्ने आवाज उठेपछि प्रधानमन्त्री बनेको हुँ।अपरिहार्य संस्थामाथि प्रहार गर्नेहरूलाई छोडिदैन।’

उनले आगामी दिनमा युवाहरूका मागअनुसार नै काम गर्ने बताइन् । प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र सरकारका सम्पूर्ण काम कारवाही गरेर नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने दावी गरिन्।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button